Wednesday, August 10

हेटौँडामा जलाइयो प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर

July 30, 2022

हेटौँडा ।

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाइएको छ ।

नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेका छन् ।

यो पनि – मकवानपुर जिल्लाका किसानका गोठमा गाइ, भैसी, बाख्रा बिरामी भएर अस्पताल सम्म ल्याउनुपर्ने बाध्यता भएपछी चार वर्ष अघि पशु बोक्ने एम्बुलेन्स (पशु उद्धार भ्यान) खरिद गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले बिरामी पशुलाई अस्पताल सम्म ल्याउनका लागि २०७५ सालमा एम्बुलेन्स ल्याएको हो ।पशु बिरामी हुँदा भेटनरी अस्पताल सम्म ल्याउनका लागि प्रयोग हुने एम्बुलेन्स व्यक्तिगत काममा समेत प्रयोग गरिएको पाइएको छ ।

यस एम्बुलेन्सको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले व्यक्तिगत काममा समेत प्रयोग गरेको यही कार्यालयका एक कर्मचारीले बताए ।

कार्यालय प्रमुखको घर रौतहट जिलला हो । कार्यालयको एम्बुलेन्समा हेटौंडाबाट आफ्ना सामान राखेर कार्यालय प्रमुख ठाकुरले रौतहट घर सम्म पुर्याएको ती कर्मचारी बताउँछन् ।

त्यसैगरी यही एम्बुलेन्समा काठमाण्डौंबाट जस्ता लिएर रौतहट सम्म लगेको नाम नवताउने सर्तमा अर्का कर्मचारी बताउँछन् । पशु बोक्ने एम्बुलेन्समा कार्यालय प्रमुखको श्रीमतीलाई पनि घर रौतहट सम्म पुर्याउने काममा प्रयोग गरिएको कर्मचारीले बताए ।

पशु बिरामी हुँदा ओसार्ने एम्बुलेन्स व्यक्तिगत काममा किन प्रयोग गरिएको हो ? भन्ने जनपत्रडटकमको प्रश्नमा यस विषयमा आफुले कुनैपनि प्रतिक्रिया नदिने कार्यालय प्रमुख ठाकुरले बताए ।

गाई, भैसी, बाख्रा लगायतलाई अस्पतालनै ल्याएर उपचार गर्नुपर्दा एम्बुलेन्सको प्रयोग गर्ने गरीएको छ । मकवानपुरका दश वटा स्थानीय तहमा पशुपालन गर्ने धेरै किसानले पालेका पशु बिरामी भएमा सहज होस भन्ने उदेस्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरमा राखिएको हो ।

तर, धेरै किसानले आफ्ना गाइ, भैसी, बाख्रा बिरामी परेमा यो एम्बुलेन्समा राखेर अस्पताल सम्म ल्याउनुको सट्टा डाक्टरलाईनै आफ्ना गोठ सम्म लग्ने गरेका छन् ।

Comment