बुधबार १९ आश्विन २०७९

पुनर्बिचारका लागि सन्देशसहित नागरिकता बिधेयक प्रतिनिधि सभामै फिर्ता पठाएकी रास्ट्रपति विद्यादेवी भण्डारीले बिधेयक फेरि दुबै सदनबाट जस्ताको तस्तै पारित भएको भोलिपल्टै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन ।

अध्यक्ष ओली राष्ट्रपतिसँग भेट गर्न शनिबार साँझ पौने ७ बजेको समयमा शीतल निवास पुगेको र झन्डै २ घन्टा रास्ट्रपति भण्डारीसग बार्ता गरेर ९ बजे बाहिरीएको शित्तल निवास स्रोतले बताएको छ ।रास्ट्रपति भण्डारी आफुले सन्देश सहित फिर्ता पठाइएको नागरिकता बिधेयकमा सत्ता गठबन्धन दलले जस्ताको तस्तै पारित गर्ने निर्णय लिएर सदन बाट पारित गरेकोमा असन्तुष्ट छिन ।

आसन्न मंसिर ४ को चुनाबमा सत्ता गठबन्धनले तालमेल गरेर चुनाब लडने तयारी गरिरहेका बेला एमाले चर्को दबाब र घेराबन्दीमा छ । यो बेला रास्ट्रपतिले ओलीसग गरेको यो भेट्वार्तालाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

संसदको दुवै सदनबाट हुबहु पारित नागरिकता विधेयक भोलि आइतबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभाले पारित गरेर पठाएको सूचना सुनाएपछि पुनः प्रमाणीकरणको निम्ति सभामुखले शीतल निवास पठाउने तयारी रहेको बेला ओली र रास्ट्रपतिबीच भेटवार्ता भएको हो ।

रास्ट्रपतिसग अब यो बिधेयकमा असन्तुष्ट रहेपनी आफुकहा आएको १५ दिनभित्र प्रमाणीकरण गर्नुबाहेक अर्को विकल्प छैन । उनीसग बिकल्प खुम्चिएको छ ।अब भण्डारीले के गर्छिन भन्ने चासो पनि राजनीतिक बृतमा छ ।

यस्तो बेला भण्डारीले ओलीलाई झापा बाट काठमाडौं फर्के लगतै किन शितल निवास बोलाएर भेट् गरिन भन्ने महत्त्वपूर्ण छ ।भेट्मा के विषयमा छलफल भएकोे थियोे भन्ने सार्बजनिक गरिएको छैन । तर यश अगाडि पनि भण्डारीले राजनीतिक दलका शीर्ष नेतालाई बोलाएर छलफल गरेकी थिइन् ।

एमाले अध्यक्षसहित लाई बोलाउदा भने ४ दिन अघि ओली शित्तल निवास पुगेका थिएनन । ओली स्वास्थ नभएकोले त्यसदिन बरिस्ठ उपाध्यक्ष इस्वर पोखरेलको नेतृत्वमा नेताहरु भण्डारी भेट्न् पुगेका थिए । तर आज भने ओली शितल निवास गएका थिए ।


Last Updated on: September 3rd, 2022 at 11:05 pm

तपाईको प्रतिक्रिया