दक्षिण कोरियाको सरकारले भारी संख्यामा निजामती कर्मचारी कटौती गर्ने – Gandaki Chhadke
Friday, August 12

दक्षिण कोरियाको सरकारले भारी संख्यामा निजामती कर्मचारी कटौती गर्ने

July 30, 2022

दक्षिण कोरिया

दक्षिण कोरियाको नयाँ सरकारले सरकारी संगठनहरुका कर्मचारी कटौती गर्ने बताएको छ । अघिल्लो सरकारको पालामा देशमा सरकारी कर्मचारी व्यापक बढाएको थियो ।

त्यसले सरकारी सेवाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको थियो ।देशका वित्तमन्त्री चू क्युङ–होले शुक्रबार एक वक्तव्य जारी गर्दै विभिन्न सुधार कदमहरू अन्तर्गत सरकारी कर्मचारीको संख्या घटाउने र संगठनको खर्च घटाउने योजनाहरु सार्दैछ ।

चूका अनुसार मेको अन्तिमसम्म कुल ३५० सरकारी संगठनमा ४,४९,००० कर्मचारी कार्यरत थिए, जुन पाँच वर्षअघिको भन्दा ३४ प्रतिशत बढि हो ।

जसको कुल खर्च ४४९ अर्ब हुने गरेको र सो खर्च पाँच वर्ष अघिको भन्दा १७ प्रतिशत बढि भएको चूले बताए । राष्ट्रपति युन सुक–यिओलले गत मेमा कार्यकाल सम्हालेदेखि उनले सरकारी क्षेत्रमा सुधारको प्रतिवद्धता गरेका थिए ।

यो महिनाको सुरुमा पनि राष्ट्रपति युनको सरकारले भारी खर्च कटौती गर्ने र सरकारी संस्थानका अत्यावश्यकबाहेकका सामानसमेत बेच्ने बताए ।

विज्ञ लगायत आम सर्वसाधारणले सरकारी संगठनको तिव्र विस्तारले त्यही स्तरको प्रभावकारिता र नाफ नदिने चिन्ता व्यक्त गर्न थालेका थिए ।

पछिल्लो समय राष्ट्रपतिको घट्दो लोकप्रियताका कारण उनले यो कुरालाई पुन जोड दिएका हुन् कि भन्ने आशंका बढेको छ ।

Comment