आइतबार १६ आश्विन २०७९

सुनसरीमा दुईजना प्रहरीको दुर्घटनामा ज्यान गएको छ ।पिकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार दुईजना प्रहरीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।कोशी गाउँपालिका–१ मा शनिबार दुर्घटना हुँदा सप्तकोशी नगरपालिका–३ सप्तरीका प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृ’त्यु भएको हो ।

चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।दुवैको श’व परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै घाइतेलाई उपचारका लागि इनरुवा अस्पताल पठाइएको थियो । गोजेवारको जिल्ला अस्पताल इनरुवाका डाक्टरले मृ’त घोषित गरेका थिए । चौधरीको थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।

उता भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा शनिवार बिहान भएको बस दुर्घटनामा चार जना नेपालीको मृ’त्यु भएको छ । भारतमा भएको बस दुर्घटनामा नेपालीहरूको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मृ’त्यु हुनेमा बाँकेको राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू र दाङ बेलतापुरका चक्रबहादुर वली रहेका छन् ।

अर्का एक जना मृ’तकको भने सनाखत हुन नसकेको उल्लेख गरिएको छ । नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा १४ जना नेपाली रहेको उल्लेख गरिएको छ । दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था जटिल रहेको जनाइएको छ । उनीहरूलाई थप उपचारका लखनउस्थित ट्रमा सेन्टर पठाइएको छ ।

दुर्घटनामा परेको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।


Last Updated on: September 3rd, 2022 at 11:14 pm

तपाईको प्रतिक्रिया