बुधबार १९ आश्विन २०७९

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु र छोराको मृ’त्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा उनीहरुकाे मृ’त्यु भएकाे हाे ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास बस्ने ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको बुधबार मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त दुर्घटनाबाट गम्भीर घाइते बाबु र छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृ’त घोषणा गरेको थियो।

दुर्घटनामा १५ वर्षीय आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर-२ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै सुनसरीमा दुईजना प्रहरीको दुर्घटनामा ज्यान गएको छ ।

पिकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार दुईजना प्रहरीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।कोशी गाउँपालिका–१ मा शनिबार दुर्घटना हुँदा सप्तकोशी नगरपालिका–३ सप्तरीका प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृ’त्यु भएको हो ।

चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।दुवैको श’व परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै घाइतेलाई उपचारका लागि इनरुवा अस्पताल पठाइएको थियो । गोजेवारको जिल्ला अस्पताल इनरुवाका डाक्टरले मृ’त घोषित गरेका थिए । चौधरीको थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।


Last Updated on: September 3rd, 2022 at 11:59 pm

तपाईको प्रतिक्रिया