मंगलबार १८ आश्विन २०७९

दाङ । टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृत्यु भएको हो ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट भीरमा झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ ।रातिको समयमा मृतक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । भीरबाट खसेर बेपत्ता भन्ने खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थल पुगेको थियो ।

प्रहरीका अनुसार उनलाई करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।


Last Updated on: September 4th, 2022 at 12:18 pm

तपाईको प्रतिक्रिया