Monday, August 15

डिभोर्स भइसकेकी श्रीमतीलाई करणी गरेको भन्दै पक्राउ

July 30, 2022

सुनसरी ।

पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् ।

जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई करणी गरेको आरोपमा पक्राउ गरेहो हो ।

डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर करणी गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ ।

कोठामा आएर इच्छाविपरित करणी गरेको भनी पूर्व पत्नीको उजुरीको आधारमा पक्राउ गरिएको बताईएको छ ।

गण्डकी छड्केको सम्पर्कमा आएका पिडित थापाले भने आफुले करणी नगरेको छोराको जन्मदर्ता लिन जादा आफुलाई झुटो आरोप लगाईएको बताएका छन् ।

करिब ३ महिना कारागार बसेर साधारण तारेखमा छुटेका थापाले पूर्व पत्नीले आफुलाई सम्पतिको लागि झुटो आरोप लागएर दुख दिएको बताएका छन् ।

साधारण तारेखमा छुटेका थापाले यहि २४ गते जिल्ला अदालतको अन्तिम फैसला आउने जानकारी दिए ।

थापाका अनुसार उनकी पूर्वपत्नीले सम्बन्धबिच्छेद गरेको १९ दिन पछी करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।

Comment