Wednesday, August 10

बेडमै मोबाइल चार्जमा लगाएर सुतेकी १७ वर्षकी किशोरीको बिजुलीको झट्का लागेर मृत्यु

July 30, 2022

काठमाडौं ।

१७ वर्षीया किशोरी आफ्नो मोबाइल चार्ज गरेर सुतेकी थिइन् । बिजुलीको झट्का लागेर उनको मृत्यु भयो । उनी मोबाइल फोनमाथि नै सुतेकी थिइन् । किशोरीको मृत्युले फोन चार्जरको सुरक्षालाई लिएर सामाजिक सञ्जालमा बहस सुरु गरेको छ ।

‘द मिरर’ को रिपोर्टका अनुसार यो केस कम्बोडियाको हो, जहाँ क्रेटी प्रान्तमा १७ वर्षीया खोर्न सेरे पोभ आफ्नो फोनमाथि मृत फेला परेकी थिइन् । उनले सुन खानी कम्पनीमा चिनियाँ अनुवादकको रूपमा काम गर्थिन्।

खोर्न सेरे नुहाएर ओछ्यानमा सुतेको बताइएको छ । बेडमा नै उनले मोबाइल चार्जरलाई विद्युतीय प्लगमा जोडिन् र फोन चार्ज गर्न थालिन् । उनको मोबाइलको फ्ल्यासलाइट बलिरहेको थियो । चार्ज गर्दागर्दै सुत्दा बिजुलीको झट्का लागेर उनको मृत्यु भयो ।

घटनामा स्थानीय अधिकारीहरूले जुलाइ २७ मा सुतेकै अवस्थामा विद्युत करेन्ट लागेर किशोरीको मृत्यु भएको बताए । करेन्ट लाग्नुअघि उनले नुहाएकी थिइन् । उनले प्लग ओछ्यानमा राखेर त्यही प्लगमा मोबाइल चार्ज गरिरहेकी थिइन् ।

यो घटनापछि देशमा फोन चार्जरलाई लिएर बहस सुरु भएको छ । सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।एक प्रयोगकर्ताले लेखेका छन्– बिजुलीबाट कसरी बच्ने भन्ने बारे सचेतना अभियान चलाउनुपर्छ ।

अर्का प्रयोगकर्ताले भने– यस्ता दुर्भाग्यपूर्ण घटना बारम्बार हुने गर्छ । अर्का प्रयोगकर्ताले लेख्छन्– घटनाले फोन चार्जरको गुणस्तरमा प्रश्न खडा गरेको छ । यसै क्रममा केही प्रयोगकर्ताले विद्युतीय प्लगको गुणस्तरमा पनि प्रश्न उठाएका छन् ।

Comment