मंगलबार १८ आश्विन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए ।

तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ ।मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए ।पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ छन् ।

उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ। उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए ।स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए ।

निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोकेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो। पीएसओले उनी मन्त्री भएको बताए तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए ।

त्यसपछि विवाद भएको थियो । उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।


Last Updated on: September 4th, 2022 at 4:24 pm

तपाईको प्रतिक्रिया