Monday, August 15

गर्लफ्रेण्डले घर बेचेर राखेको २ करोड चोरेर ब्वायफ्रेण्ड फरार

July 30, 2022

काठमाडौं ।

एक पुरुषकी प्रेमिका बिरामी थिइन्, तर उनले प्रेमिकाको खाताबाट गोप्य रूपमा पैसा चोरिरहेका थिए। यो दुष्टता यहीं रोकिएन र उनले अर्की युवतीसँग विवाह समेत गरे ।

हालै यस विषयमा अदालतमा सुनुवाइ भएको थियो ।विलियम डन (६९) ले आफ्नी प्रेमिका लिन्डा ग्रान्ट (६३) को खाताबाट करिब २ करोड रुपैयाँ (१ लाख २० हजार पाउण्ड) चोरेको आरोप छ ।

त्यसपछि उनले करेन डोलन नामकी महिलासँग विवाह गरे। लिन्डाले आफ्नो खातामा रहेको पैसा घर बेचेर बचत गरेको दावी गरेकी छिन् ।पेस्ले शेरिफको अदालत (युके) मा सुनुवाईको क्रममा लिन्डाले विलियम डनलाई ‘पावर अफ अटर्नी’ दिएको पाइयो ।

जसका कारण डनले पैसा निकाल्न सकेका थिए । लिन्डाले अदालतमा भनिन्– ‘पावर अफ अटर्नी’को बारेमा आफूलाई जानकारी थिएन । तर, डनले यी सबै आरोप अस्वीकार गरेका छन् । डनमाथि २६ मे २०१५ देखि १ मार्च २०१७ सम्म झण्डै २ करोड हिनामिना गरेको आरोप छ ।

अदालतको सुनुवाईमा भनिएको छ कि यी सबै गर्दा लिन्डा धेरै स्वास्थ्य समस्याबाट ग्रसित थिइन्, उनको मस्तिष्कमा चोट लागेको थियो। लिन्डा एल्डर्सली (रेन्फ्रुशायर) मा डनको घरमा सरेकी थिइन्। यहाँ पुगेपछि दुवैले जीवनभर यहीँ बिताउने योजना बनाएका थिए ।

यसै क्रममा लिण्डाले आफ्ना छोराछोरीलाई आफू मरेमा डनलाई ४० हजार पाउण्ड दिनुपर्ने बताएकी थिइन् । तर जब डनले गोप्य रूपमा अर्की महिलासँग विवाह गरे, लिन्डाका छोराछोरीहरू पनि छक्क परे। लिन्डाकी छोरी गिलियनले सन् २०१६ मा डनको नयाँ प्रेम सम्बन्ध सुरु भएको थाहा पाएको बताइन् । जब उनकी आमा केयर होम गएकी थिइन् ।

डनलाई उनका वकिलले अदालतमा उद्धृत गर्दै भनेका थिए, उनले (डन) लिन्डा र उनको छोरासँग ‘सम्पत्ति कम देखाउने’ बारे कुरा गरेका थिए ताकि केयर होममा खर्च भइरहेको पैसाबाट छुटकारा पाउन सकियोस् । डनले लिन्डाको पैसा आफूले लगानी गरेको दाबी गरे।

लिन्डाले डनको लगानी र अन्य सबै दावीहरू अस्वीकार गरिन्। उनले अदालतमा भनिन्– यसबारे आफूलाई कुनै जानकारी थिएन । केयर होमबाट फर्किएपछि उनको खातामा निकै कम पैसा रहेको पनि लिन्डाले अदालतलाई बताइन् । घर बेचेर बचत खातामा जे थियो, त्यो सबै गायब भयो । यस मुद्दाको सुनुवाई अदालतमा जारी रहनेछ।

Comment