बुधबार १९ आश्विन २०७९

नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ।

दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल पनि प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस भएका छन्। यो नाम क्षेत्रले जिल्ला कमिटीमा सिफारिस गरी पठाएको छ। क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभा क्षेत्रतर्फ नै सिफारिस भएको छ।

मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्। यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन्। प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र बसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।

क्षेत्रले उम्मेदवारको नाम जिल्लामा पठाएको र जिल्लाले सोमबार माथिल्लो निकायमा पठाउने एमाले गोरखाका एक नेताले बताए। यस्तै क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ।

समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस भएका छन्। क्षेत्र नम्बर १ को (क) बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापा उम्मेदवार सिफारिस भएका छन्।

प्रदेश सभा (ख) मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमिला खड्का उम्मेदवार सिफारिस भएका छन्।


Last Updated on: September 4th, 2022 at 4:53 pm

तपाईको प्रतिक्रिया