कसले भन्यो रात सुत्नको लागि मात्र ? – Gandaki Chhadke
Friday, August 12

कसले भन्यो रात सुत्नको लागि मात्र ?

July 30, 2022

काठमाडौँ

मर्लिन मुनरोको वास्तविक नाम नर्मा जेन मर्टेन्सन हो । उनको जन्म १ जुन सन् १९२६ मा भएको थियो भने मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो । उनी अमेरिकी चर्चित अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनले १९५० देखि १९६० को दशकको शुरुवातसम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रुपमा प्रसिद्ध भईन । यहाँ हामीले मर्लिन मुनरोका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि जीवन उपयोगी बन्न सक्छ ।

– खुसी नभए पीडादायी जीवन जिउनुपर्छ । त्यसैले खुसी संसारकै सबैभन्दा उत्कृष्ट चीज हो ।– तपाईंलाई कसले भन्यो रात मात्र सुत्नको लागि हो भनेर ?

– यदि तपाईं धेरैमा दोहोरो चरित्र बनाउनुहुन्छ भने थोरैमा एउटा चरित्रमा राम्रो बनाउनुहोस् ।– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चीज भनेको म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।

– आकाश अन्तिम सीमा होइन, त्यो त केवल तपाईंको सोचाई मात्र हो ।– यदि तपाईंले एउटी युवतीलाई फकाउन सक्नुभयो भने तपाईंले जे भन्यो उनले त्यहि मान्छिन् ।

– म राम्री छु तर परी भने होइन ।– मैले पाप गर्छु तर म दानव होइन ।– मेरा साथीहरु धेरै छन् तर यसको मतलव म शान्तिदूत होइन ।– तपाईं थाक्दैमा नरोकिनुस्, जुन बेला पुरै काम फत्ते गर्नुहुन्छ अनि मात्र रोकिनुस् ।

Comment