Monday, August 15

टाइगरसँग ब्रेकअपपछि आधारातमा लड्डु बाँड्न निस्किइन् दिशा, तर वास्तविकता फरक !

July 30, 2022

एजेन्सी :

ब्रेकअपपछि दिशा पटानीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा उनी लड्डु बाँड्दै गरेको अवस्थामा देखिएकी छिन्।

इन्टरनेटमा यो भिडियो हेरेपछि धेरैले दिशालाई सवाल गर्न थालेका छन्। खासमा दिशा पटानीको फिल्म ‘एक भिलेन रिटर्न्स’ प्रदर्शनमा आएको छ र फिल्मले समिक्षकहरुबाट राम्रो प्रतिक्रिया पाउनुका साथै राम्रो रेटिङ पनि पाएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यहीँ खुशीमा उनले लड्डु बाँड्दै हिडेकी हुन्। तर मानिसहरुले वास्तविकता नबुझी उनलाई गालीगलौज गर्न थालेका छन्। कतिपयले टाइगरसँग ब्रेकअपपछि खुशीयाली मनाएको भन्दै उनलाई भावनाहीन भन्दै कडा आलोचना गरेका छन्।

यस क्रममा दिशा पटानीले कालो रङ्गको ब्रालेट र ब्ल्याक डेनिम लगाएकी थिईन्। एक लोकप्रिय भारतीय मिडिया हाउसको रिपोर्ट अनुसार यी दुई यो वर्षको सुरुवातमै अलग भएका थिए। टाइगरको साथीको भनाईलाई उद्दृत गर्दै मिडिया रिपोर्ट्सले दाबी गरे अनुसार यी दुईको ब्रेकअपको कारण विवाह भएको बताईएको छ।

उनका साथीका अनुसार ज्याकी श्रफ र उनकी श्रीमती आयशा अलग बस्न थालेदेखि टाइगर दिशासँग लिभ इन रिलेशनशिपमा थिए। यी दुई लामो समयदेखि सम्बन्धमा थिए र दिशा चाँडै विवाह गर्ने पक्षमा थिईन्।

तर टाइगर अझै विवाहको लागि तयार थिएनन्। टाइगर र दिशाले आफ्नो सम्बन्धको बारेमा आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेनन् तर दुवैजना प्राय: सँगै देखिन्थे। यी दुईले बागी २ र एक म्युजिक भिडियोमा सँगै काम गरेका थिए। यहाँ सम्म कि दिशा टाइगरको आमा र बहिनीसँग पनि धेरै नजिक थिइन्।

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर र दिशा एकअर्काबाट अलग भइसकेका छन् तर उनीहरु अझै पनि असल साथी हुन्।

Comment