Wednesday, August 10

बेलायतमा धमाधम चर्च भत्काएर शिव मन्दिर निर्माण गरिँदैं ! [अचानक हिन्दु धर्म मान्नेहरु बढ्न थाले]

July 30, 2022

काठमाडौं ।

अहिले नेपालमा विदेशी धर्म संस्कृतिको ठुलो प्रभाव बढ्दैं गएको छ ।नेपालजस्ता देशहरुमा केही प्रलोभनमा परेर आफ्नो धर्म संस्कृति बिर्सर्नेहरु धेरैं नैं रहेका छन ।

अमेरिका लगायत विकसित देशहरुमा भने नेपाल भारतजस्ता देशहरुले त्यग्ने गरेको हिन्दु धर्मको प्रभाव बलियो बन्दैंछ । नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बन्ने भएको छ ।

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकबाट मन्दिर निर्माणका लागि करिब ४ करोड ३५ लाख रुपैयाँ जुटाइएको छ ।

सेन्टरले अल्डरसट क्विन्स रोडमा अवस्थित पुरानो चर्च भवन ३ लाख एक हजार एक सय ९० पाउन्डमा खरिद गरी शुक्रबार प्रोपर्टीको साँचो लिएको हो ।

अब सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा २ हजार ६ सय ६२ स्क्वायर फिट क्षेत्रफलको उक्त भवन मर्मत गरी ३ महिनाभित्र शिव मन्दिर र सामुदायिक क्रियालापका लागि हल प्रयोगमा ल्याइने जनाइएको छ ।

मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दीलगायत स्थापना गरी मन्दिर प्रतिस्थापन गरिने जानकारी सेन्टरका अध्यक्ष रोहित गुरुङले दिए ।

करिब २ सय जनासम्म अट्ने उक्त भवनमा नियमित पूजाआजाबाहेक शिवरात्रि, दसैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्धपूर्णिमा, विश्वकर्मा पूजा, होलीजस्ता पर्व र बिहे व्रतबन्ध, योगादेखि आध्यात्मिक प्रवचनसम्म गरिने सेन्टरले जनाएको छ ।

यसरी विदेशहरुमा हिन्दु धर्मको प्रभाव बढ्नाले नेपालमा भइरहेको धर्म परिवर्तन रोक्नमा मद्धतगार हुने जानकारहरु बताउँछन ।

Comment