
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दादागीरी देखाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गर्नुभएकाे छ ।
सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङलाई भेटेपछि लामिछानेले गुरुङलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गर्नुभएकाे हाे ।गुरुङले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेलाई बताएका छन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु । कानुन सबैलाई बराबर हुन्छ । शेरजंगजी भन्नु हुन्छ- ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन ।
थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन स-सम्मान रिहा गरियोस् । दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुग्नुभएका मन्त्री श्रेष्ठ र उहाँका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै गुरुङलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाउनुभएकाे छ ।
उता नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको विषय लज्जास्पद भएको बताएका छन् ।नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधीरु भन्दै प्रश्न गरेका नेता भट्टराईले यस्तो खबर सुनेर ट्राफिक सिग्नल पालन नगर्दा प्रधानमन्त्रीलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान् भन्दै अर्को प्रश्न गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्न भन्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले रोकेपछि सुरक्षागार्ड शेरजंग गुरुङलाई पक्राउ गरिएको थियो ।उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा ५ दिन थुनामा राखिने जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।
उनले भनेका छन् , ‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छरुनियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधीरुयो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान्र’