Monday, August 15

विहानको भूकम्पले भोजपुरमा दुई घर भत्किए

July 31, 2022

काठमाडौँ

खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो। खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताए।

विहानको भूकम्पले भोजपुरको टक्सारका दुई घर भत्काएको छ । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी लगायतका जल्लिाहरूमा महसुस गरीएको थियो ।

यो पनि -अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ ।

उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा परियारबारे पाठ समावेश गरिएको छ ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको च्याप्टरमा परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ ।

भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समेत समावेश गरिएको छ ।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको छ भने आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागु गरिदैछ । संयुक्त राष्ट्रसंघको सतत विकाश लक्ष्यको १० नम्बरमा रहेको असमानता हटाउने विषयमा पाठ लक्ष्यीत गरिएको छ ।

पाठको सुरुमा अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कबारे उद्दृत गर्दै असमानताबारे भिडियोमार्फत बुझाएपछि विद्यार्थीहरुलाई डा. विष्णुमाया परियारबारेको भिडियो देखाइनेछ ।

पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ भने डा. विष्णुमाया परियारबाट स्थापित एड्वान जातीय प्रणालीबाट सिर्जित समस्यालाई सम्बोधन गर्न कसरी काम गरिरहेको छ भन्नेबारे समेत कक्षामा छलफल गरिनेछ ।

अछुतता र शतत विकाश लक्ष्य १० नामको उक्त पाठमा २० मिनेट डा. विष्णुमाया परियारका बारेमा पढाइनेछ भने त्यसलाई जातीय प्रणाली र राष्ट्रसंघको शतत विकाश लक्ष्यसँग जोड्ने प्रयास गरिएको छ ।

यस अगाडि परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश छ ।

स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश छ ।

Comment