Ultimate magazine theme for WordPress.

आजदेखि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

53

हेटौडा । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको नि’षेधाज्ञाका कारण विगत तीन हप्तादेखि ब’न्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वी’कृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिनुभयो । सिमेन्ट उत्पादनका लागि क’च्चापदार्थ तथा जनशक्तिको अ’भाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्ष’मतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।

काठमाडाँैलगायत देशका अधिकांश जिल्लामा नि’षेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम ब’न्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्री वितरणमा स’मस्या रहेकाले तत्काल पूर्ण क्ष’मतामा सञ्चालन नहुने उहाँको भनाइ छ । कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अ’भाव हुन नदिन त्यसको टे’न्डरसमेत भइसकेको छ । विश्वव्यापी रुपमा को’रोना फै’लिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा ल’कडाउन भएपछि सो उद्योग पनि ब’न्द भएको थियो तर त्यस अवधि २०७६र७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग ब’न्द भए पनि बिक्री गरिएको थियो ।

गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा ख’राबी कारण पटकपटक उद्योग ब’न्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घा’टामा गएको हो । मेसिन मर्मत र पुुरानो मेसिनले सञ्चालनमा धेरै रकम खर्च भएको बताइएको छ ।उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्य क्ष’मतामा ह्रा’स आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्ष’मता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७२र७३ देखि निरन्तर ना’फामा गइरहेको सिमेन्ट उद्योग २०७५र७६ मा मेसिन खराबीका कारण लामो समय ब’न्द रहँदा घा’टामा गएको बताइएको छ ।

आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भई अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्र’तिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ ।दैनिक तीन हजार मेट्रिक टन क्ष’मता विस्तार गर्नका लागि उद्योग मन्त्रालयमा केही वर्ष अगाडि प्रस्तावसमेत पे’श गरिसकेको उद्योगले जनाएको छ । २०४३ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको उद्योगका मेसिनहरु पुराना भएका कारण उत्पादन लागत धेरै भएको र उत्पादनमा ह्रा’स आएकाले उद्योग स’मस्यामा रहेको महाप्रबन्धक सिंहको भनाइ छ ।