Ultimate magazine theme for WordPress.

दुई सय ६० नेपाली स्वदेश फर्किए

83

काठमाडौं । विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ ।त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक श’व नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उ’द्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।थप नेपालीको उ’द्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्र’स्थान गर्ने जनाइएको छ ।

हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ ।आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ । भुटानको ड्रक एयरले बिहान पा’रोबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । नेपाल एयरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एयरलाइन्सले अ’बुधाबी र श्रीएयरलाइन्सले म्यानमारको य’ङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ ।