Ultimate magazine theme for WordPress.

सुनसरी उद्योग बाणिज्य संघको बार्षिकत्सव सम्पन्न

171

धरान । सुनसरी उद्योग वाणिज्य संघले आज आफ्नो ५७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।साधारण रुपमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि मन्जु भण्डारीले सुनसरी उद्योग वाणिज्य संघ स्थानीय सरकार र व्यापारी बिचको सम्बन्धको सेतुको रुपमा रहेको बताएकी छिन् ।भण्डारीले “पर्यटकीय नगरीको रुपमा रहेको धरानमा मन्दिर मात्र होईन, धरानलाई अझ उत्कृष्ट गन्तव्य बनाउनका लागि थप लगानी गर्नुपर्ने” बताएकी थिईन ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्कीले समेत शुभकामना मन्तव्य दिएका थिए भने संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो वार्षिकोत्सवको कार्यक्रममा संघले कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल बेस क्याम्प फुश्रे र जिल्ला ट्राफिक कार्यालयलाई फेस शिल्ड, मास्क, सेनिटाईजर र गाडिमा सेनिटाईज गर्ने उपकरण समेत संघले प्रदान गरेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा २०७६ साल फागुन १५ देखि चैत्र ७ गतेसम्म संघले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०७६ को स्कुटी उपहार नतिजा समेत घोषणा गरिएको थियो । मेला अवधिमा प्रवेश टिकटको अर्धकट्टी मध्येबाट गोलाप्रथाद्वारा टिकट नं. १८६५० लाई स्कुटी विजेता घोषणा गरिएको कार्यसमिति सदस्य विष्णु बरालले बताएका थिए ।सो कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी कार्यालय, धरानका प्रमुख सुमन पोख्रेल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अन्जन कोईराला, धरान उपमहानगरपालिकाका प्रहरी निरिक्षक विष्णु कोईरालाको उपस्थिति रहेको थियो ।