आइतबार १६ आश्विन २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।उता नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको थियो ।

त्यस्तै नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो ।आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।

उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समाबेसी समानुपातिक रुपबहादुर बुढा, खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।

यस्तै, कर्णाली प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ तीन जना नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउलि भामलाई प्रदेश सभाको लागि सिफारिस गरिएको छ ।

साथै, प्रदेशसभा ख, अन्तर्गत प्रत्यक्षतर्फ उब्बजनबहादुर शाही, राजबहादुर कार्की ९राजु० कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएको नेकपा एमाले मुगुले जनाएको छ ।


Last Updated on: September 5th, 2022 at 8:09 pm

तपाईको प्रतिक्रिया