शुक्रबार १४ आश्विन २०७९

काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई दिईएको छ ।भदौ २ गतेको निर्णय अनुसार उहाँले भदौ ५ गतेबाट पदब हाली भएका महानगरले जनाएको छ । पदबहाली लगत्तै उनले सहरी सुव्यस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गरेका थिए ।

काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका नगर प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटा’लाई हटाएर एसपी पाण्डे’लाई जिम्मेवारी दिएका थिए ।काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेश काफ्लेका अनुसार नियमित प्रकृया अनुसार (एसपी) धनपति सापकोटालाई परिवर्तन गरिएको हो ।

पाण्डे २०५० सालदेखि नगर प्रहरी सेवामा कार्यरत थिए।उनी २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको हो ।२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन—२०७७ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो ।

यो पनि -काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा मित्रनगरको सडक किनाराका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटकपटक अवैध संरचना भत्काउन निर्देशन दिएपनि व्यापारीहरूले अटेर गरेपछि सोमबार महानगरले डोजर चलाएको हो ।

व्यापारीहरूले सटर अगाडि बनाएका अवैध संरचना आफैँले नहटाएपछि डोजर लगाउनुपरेको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले अवैध रूपमा राखिएका होर्डिङ बोर्ड, बार्दली, झुपडीलगायतका संरचना भत्काएको हो ।अवैध संरचना भत्काउने क्रममा नयाँ बसपार्कको ३ नम्बर गेटको अवैध संरचना नभत्काई अगाडि बढ्दा व्यापारीहरूले केही समय अवरोध गरेका थिए ।

त्यसपछि महानगरको टोलीले उक्त गेटमासमेत डोजर लगाएको थियो ।मित्रनगरस्थित सडकका अवैध संरचना भत्काइरहँदा मेयर बालेन शाहका समर्थकले नाराबाजीसमेत गरिरहेका थिए ।काठमाडौं महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।


Last Updated on: September 5th, 2022 at 8:26 pm

तपाईको प्रतिक्रिया