निर्मलाकी आमालाई भेटेर रवि लामिछानेले भने- यसैपाली नेतृत्व गरेर निर्मलालाई न्याय दिलाउन्छु – Gandaki Chhadke
Friday, August 12

निर्मलाकी आमालाई भेटेर रवि लामिछानेले भने- यसैपाली नेतृत्व गरेर निर्मलालाई न्याय दिलाउन्छु

July 31, 2022

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि लडिरहने बताएका छन् ।

महेन्द्रनगरमा रहेका लामिछानेले हत्या भएकी निर्मला पन्तको घरमा पुगेर दुर्गा पन्तलाई भेटेर आफू जिवित हुन्जेलसम्म निर्मलाको न्यायका लागि लडिरहने प्रतिबद्धता गरेका छन् ।

निर्मलकी आमा दुर्गा पन्तलाई भेटेपछि सामाजिक संजाल रवि लामिछानेले लेखेका छन्-“न्याय नपाए गोर्खा जानू भन्ने चलन हाम्रा पुर्खाहरुले सयौं वर्ष अगाडि चलाएका थिए ।

एउटा देशको नागरिकले अन्याय भएको महशुस गरे न्यायालय नै अन्तिम बिकल्प हो , त्यो अन्तिम बिकल्पलाई पनि राजनितिकरण ले ध्वस्त बनाए । चिन्ता नगर्नुहोस, मैले बाटो फेरेको मात्र हु, वाचा फेरेको छैन। आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन ।

यसैपाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन।”कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का निर्मला पन्तको बलात्कारपछि हत्या भएको अहिले चार वर्ष पुगको छ ।

चार वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । तर, अहिलेसम्म दोषीको पहिचान हुन सकेकाे छैन ।

Comment