राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि… – Gandaki Chhadke
Friday, August 12

राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि…

July 31, 2022

काठमाडौं ।

राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि कांग्रेस नेता गम्भीर संकटमा फसेका छन् ।भारतको राष्ट्रिय महिला आयोगले कांग्रेस नेता अधीर रञ्जन चौधरीलाई राष्ट्रपति द्रौपदी मुर्मुलाई ‘राष्ट्रिय पत्नी’ भनेपछि सूचना पठाएको छ ।

अधीर रञ्जन चौधरीलाई पठाएको सूचनामा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले ३ अगस्टभित्र आयोगमा हाजिर हुन आदेश दिएकी छन् ।

अधीर रञ्जन चौधरीलाई अगस्ट ३ मा बिहान ११ः४५ बजे हाजिर हुन भनिएको छ । उनलाई आफ्नो भनाइप्रति आफ्नो अडान लिखित रुपमा पेश गर्न भनिएको छ ।

यसका साथै आयोगले कांग्रेस अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग अधीर रञ्जन चौधरीको आपत्तिजनक बयानका लागि कारबाही गर्न माग गरेको छ ।

विवाद चर्किएपछि अधीर रञ्जन चौधरीले भनेका छन्, ‘यदि चाहान्छौँ भने मलाई फाँसी देऊ । म सजाय भोग्न तयार छु ।

तर उनलाई (सोनिया गान्धीलाई) किन यो विवादमा तानिएको छ ?’ राष्ट्रपति द्रौपदी मुर्मुलाई अपमान गरेको प्रश्नमा उनले भने, ‘म राष्ट्रपतिको अपमान गर्ने कुरा सोच्न पनि सक्दिन ।

त्यो एउटा गल्ती मात्र थियो । यदि राष्ट्रपतिलाई चित्त दुखेको छ भने म व्यक्तिगत रूपमा उहाँलाई भेटेर माफी माग्छु ।’ तर सोनिया गान्धीलाई यसमा नजोडियोस् ।

Comment