बागलुङ
घरमा श्रीमती र ३ सन्तान छन् । तर एक जना जान प्रतिनिधिको ब्यबाहार भने अचम्मको पाइएको छ । बागलुङमा एकजना वडाध्यक्षले अवैध सम्बन्ध राख्दा एक युवती गर्भवती भएकी हुन् ।
जिल्लाको जैमिनी नगरपालिका– ९ का अध्यक्ष सन्दीप थापा ‘इन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतीलाई गर्भवती बनाएका हुन्। अध्यक्षले ती युवतीलाई गर्भवती बनाएर बागलुङ बजारस्थित एउटा घरमा राखेको पाइएको छ।
थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन्। अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिएको युवतीकी आमाले बताइन्।
नेकपा एमालेका तर्फबाट वडाध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनी ढाँटेर ती युवतीसँग शारीरिक सम्बन्ध गाँसेको युवतीका परिवारको दाबी छ।
यो पनि – पोखरा १५ को गलेश्वर मगर समाज पोखराले वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
सम्मान कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाँ,सदस्यद्धय आशिष भण्डारी,मन्दिरा परियारलगायते मन्तव्य राखेका थिए ।
अध्यक्ष हिमाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दिलबहादुर थापा, संस्थापक अध्यक्ष सोभितबहादुर सारुलगायतले विकास निर्माणबारे बोलेका सचिव मिरा बुढाले जानकारी दिइन् ।
Comment