सामन्थाले किनिन् पूर्वपति नागा चैतन्यको घर – Gandaki Chhadke
Friday, August 12

सामन्थाले किनिन् पूर्वपति नागा चैतन्यको घर

July 31, 2022

एजेन्सी ।

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले हैदराबादस्थित एक घर किनेकी छन्। उनले बिहेपछि नागा चैतन्यसँग बस्दै आएको घर किनेकी हुन्।

केही समयअघि उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूको सम्बन्ध विच्छेद भएपछि नागाले उक्त घर बेचेका थिए तर सामन्थाले घर किनेको व्यक्तिसँग कुरा गरेर फेरि त्यही घर किनेकी छन्।

दैनिक जागरणका अनुसार उक्त घरमा उनी आमासँग बस्छिन्। सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो।

त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए। उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए।

सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्। तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए।

ब्रेकअपपछि सामन्था र नागा केही समय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए। तर २ अक्टोबर २०२१ मा उनीहरूले डिभोर्स गरे।

सामन्था ‘शकुन्तलम, खुशी र यशोदा’ जस्ता फिल्ममा देखिँदैछिन्। उनी हालै करण जोहरको शो ‘कफि विथ करण’मा अक्षय कुमारसँग देखिएकी थिइन्।

Comment