Wednesday, August 10

कैलालीको अत्तरियामा कुटिए एक टिकटक स्टार

July 31, 2022

काठमाडौँ

उक्त दुर्घटनामा सडकमा हिँडीरहेका मालिकार्जुन गाउँपालिका–९ का लोकेन्द्र धामी घाइते भएका थिए। पाँच वटा पशुचौपाया मरेका थिए।

कलाकार भट्टले स्थानीयलाई उदृत गर्दै दुर्घटनामा एक जनाको मृत्यु भएको हुनसक्ने आशय प्रकट गरेका थिए।

‘मैले सुनेको भरमा लाइभ गरेको हो,’ उनले भने, ‘पछि उक्त दुर्घटनामा कसैको पनि मृत्यु नभएको प्रतिक्रिया आएपछि सच्याएको थिएँ, तर त्यही कुरालाई निहूँ बनाएर ज्यानै मार्ने उद्देश्यले म माथि भौतिक आक्रमण भएको छ।’

हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा बस्दै आएका भट्टले आफू तरकारी किन्न अत्तरिया बजार गएका बेला एक्कासी ५–६ जनाले आक्रमण गरेको बताए।

‘यो आफूलाई ठूलै टिकटक स्टार सम्झिन्छ, हिजो पनि नमरेको मानिसलाई मर्याे भन्दै लाइभ गर्यो’ भनेर अन्धाधुन्ध कुटपिट गरिएको भट्टले बताए।

उनले गल्ती महसुस भएपछि त्यो लाइभ पहिल्यै डिलिट गरिसकेको पनि सुनाए।

कुटपिटपछि माया मेट्रो हस्पिटलबाट उनले रुँदै फेसबुकमा लाइभ गरेपछि घटना सार्वजनिक भएको हो।

उनले आफूमाथि कुटपिट गरिएको भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा गोदावरी नगरपालिका–२ का स्थानीय रोहित साउदलाई पक्राउ गरेको छ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

Comment