Ultimate magazine theme for WordPress.

असोज १ गतेदेखि होटल, रे’ष्टुरेन्ट खोल्न पाइने

515

काठमाडौं, असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल ए’जेन्सीहरु खोल्न पाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रे’ष्टुरेन्ट तथा ट्रा’भल एजेन्सीहरु खोल्न पाइने नि’र्णय भएको जानकारी दिए। तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मा’पदण्ड पा’लना गर्नुपर्नेछ। ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ। सु’रक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नि’यमन गर्नेछ।

चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रे’ष्टुरेन्ट ब’न्द रहँदै आएका थिए। बीचमा साउन १५ गतेदेखि यस्ता व्यवसाय सञ्चालन गर्ने नि’र्णय गरिएपछि विभिन्न जिल्ला प्रशासनले नि’षेधाज्ञा लागू गरेपछि पुनः ब’न्द गर्न बा’ध्य पारिएको थियो। जि’मखाना, सिनेमा घर, चि’डियाखाना, शै’लुन, स्पा’जस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताए। अर्को नि’र्णय नहुञ्जेलसम्म यस्ता व्य’वसाय सञ्चालन गर्न न’पाइने उनले बताए।