बुधबार १९ आश्विन २०७९

जिल्ला अदालत नवलपरासीले दुइ बर्ष ६ महिनाको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।

जिल्ला अदालतले आज पल शाहले बाल यौ’न दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ । उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।

‘कुनै पनि मिसिल–प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ,’ वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’अदालतले ब’लात्कार नभएको ठहर गरेकोलाई सकारात्मक रुपमा लिन सकिँदैन भन्ने प्रश्नमा वाग्लेले भने, ‘विलकुल सकिँदैन ।

बालयौ’न दुरुपयोग भने पनि त्यो कसुरदार नै हो । जबकि उ कसुरदार होइन भनिरहेका छौं । अब उच्च अदालतबाट न्याय पाउने आशा छ ।’पीडित भनिएकी ना’बालिगले पनि आफूमाथि कुनै यौ’न हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए ।

‘यसले पिडित भनिएकी ना’बालिगमाथि पनि अन्याय भएको छ,’ उनले भने, ‘मलाई केही भएको छैन भन्दाभन्दै अदालतले तँमाथि यौ’न हिंसा भएको छ भनेर दाग लगाइदिनु गलत हो ।’शाह निर्दोष भएको दाबी गर्दै उनका पक्षबाट बहस गरेका अधिवक्ताले किशोरीले अरुको उक्साहटमा आएर शाहले ब’लात्कार गरेको बयान दिएकाले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए ।

ब’लात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले ब’लात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् ।त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौ’न दुरुपयोग गरेको ठहर गरेको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौ’न दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।

जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक क’रणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा क’रणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा क’रणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए ।

किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो ।

उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

जबर्जस्ती क’रणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो ।


Last Updated on: September 6th, 2022 at 8:15 pm

तपाईको प्रतिक्रिया