काठमाडौं ।
ज्योतिष तथा अभिनेता हरिहर अधिकारी पछिल्ला दिनमा चर्चाको शिखरमा छन् ।
प्रेमीका तथा नायिका नीता ढुंगानासँग विवाह गरेका अधिकारीले धुमधामले विबाह सम्पन्न गरे लगत्तैदेखि चर्चामा रहिरहेका बेला उनले दिएको पछिल्लो अभिव्यक्तिले उनी फेरी एक पटक चर्चाको शिखरमा पुगेका हुन् ।खासमा उनी ट्रोल बन्न पुगेका हुन् ।
अधिकारीले अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने भन्दै अभिव्यक्ति दिएपछि उनीमाथि ट्रोलरहरु हाबी भइरहेका छन् ।
हरिहरको कुरामा तथ्य नभएको भन्दै चर्चित चिकित्सक, प्राध्यापकसहित बौद्धिक पेशा क्षेत्रका व्यक्तिदेखि सर्वसाधारणले समेत अभिव्यक्ति दिएपछि हरिहरले बोलेका कुरा अवैज्ञानिक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
यो पनि -टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’को निम्तो दिन लोकप्रिय अभिनेता दिलीप रायमाझी महानायक राजेश हमालको घरमा पुगेका छन् ।
कुनै समय ‘महानायक’ कसलाई मान्ने रु भन्ने बहसमा भुवन केसीको क्याम्पतिर ढल्किएका यी ह्याण्डस हिरोले अहिले त्यो प्रकरण सेलाएसँगै राजेशसँग दिलीपले शनिबार बेलुका करिब २ घण्टा बिताए ।
क्याजुअल भेटमा दुई अभिनेताबीच विगतको छायांकनको किस्सा पनि सेयर भएको बताइन्छ ।राजेश हमालले दीलिपको अफरलाई स्विकार्दै आगामी बिहीबार उक्त रियालिटी शोमा अतिथि पनि बन्ने पक्कापक्कि गरेर फर्किएका छन् ।
हमालसँगको भेटपछि दिलीपले तस्वीर सेयर गर्दै ‘तपाईंलाई दाजु भनेर बोलाउँदा गर्व महसुस भएको छ ।’ भनेर लेखेका छन् ।
Comment