बुधबार १९ आश्विन २०७९

बैततडी, रोजगारी खोज्न भारतको कश्मिर पुगेका बैतडीका २५ वर्षीय हिमाल बिष्टको काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएपछि उहाँको परिवारमा विचल्ली भएको छ । आर्थिक समस्याले उपचारमा समेत समस्या भएको छ ।

बैतडीको पाटन नगरपालिका –६, टुणेगैरका २५ वर्षीय बिष्ट एक महिनाअघि धन कमाएर परिवारलाई खुसी राख्ने सपना बोकेर भारत जानुभएको थियो । गाउँमा कुनै रोजगारी नहुँदा बिष्ट बोल्न नसक्ने अपाङ्ग आमा, गर्भवति श्रीमती र तीन वर्षीया छोरीलाई छाडेर रोजगारीका लागि भारतको कश्मिर पुग्नुभएको थियो ।

कमाई गरेर घर धान्ने २५ वर्षीय हिमाल बिष्ट त्यहाँ पुगेको महिना दिन नपुग्दै हात काटिएको खबरले ७० वर्षीया आमा मैना बिष्ट, श्रीमती र तीन वर्षीया छोरी चिन्तामा पर्नुभएको छ । ७० वर्षीया आमा मैना बिष्ट जन्मजात जिव्रोको समस्याले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ ।

उहाँकी श्रीमति भागरती बिष्ट र तीन वर्षीया छोरी मेनुका बिष्ट सहयोगका लागि याचना गरिरहनुभएको छ ।बिभिन्न युवाहरुले सहयोगका लागि आग्रह गरेका छन् । सहयोगका लागिः नेपालका लागि फोन नं महेश बिष्ट, ९८६५०१७५२२, राष्ट्रिय बाणिज्य बैंकको खाता नं ४०५०१०००१४८१६०१० मा सहयोग रकम प्रदान गर्न सकिने छ ।

त्यसैगरी प्रदीप बिष्टलाई पनि फोन गरेर सहयोग गर्न सकिने छ । ९८४८८००७१७ मा फोन गर्नुसक्नु हुनेछ भने, उनको एनआइसी एसिया बैंकमा रहेको खाता नं ०३९५७५१०९०७६६००१ मा सहयोग रकम जम्मा गरी जानकारी दिन सक्नुहुनेछ ।


Last Updated on: September 6th, 2022 at 8:53 pm

तपाईको प्रतिक्रिया