मंगलबार १८ आश्विन २०७९

पछिल्ला समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं महानगरका मेयर बालेन शाहसँग बाझेका कारण चर्चामा आउनुभयो ।चर्चा मात्रै नभएर उहाँले सामाजिक सञ्जालमा चर्को आलोचना पनि खोप्नुपर्यो । काठमाडौंको फोहोर व्यस्थापनलाई लिएर पनि उहाँले टिप्पणी गर्नुभएको थियो ।

आफू काठमाडौं आएका कारण नै फोहोर उठाउन थालेको उहाँले बताउँदै आउनु भएको थियो । यसबीच उहाँले आफ्नो लडाँई काठमाडौं महानगरका मेयर बालेन्द्रसँग नभएको बताउनुभयो । केहि दिन यता साम्पाङले लगातार मेयर शाहमाथि स्टाटस लेख्दै अनावश्यक टिप्पणी गर्ने गर्नुभएको थियो ।

यसबीच उहाँले लेख्नु भएको छ, ‘मेरो फाइट बालेनजीसँग होइन, झोलेहरुसँग हो । खासमा, जो खोल ओडेर आइरहेका छन् ।’ प्रतिकृया दिदैँ धेरैले अहमतासंग फाइट खेल्नुस् , योजना ल्याउनुस। खोलामात्र नगर होइन । अरू क्षेत्र पनि हेर्नुस भन्ने सुझाव दिएका छन् ।

गणेश कार्कीले लेख्नु भएको छ, ‘वास्तवमै तपाईको बालेनजीसँग फाइट होइन, हुनुहुन्न । म त भन्छु, झोले भनिएकासँग पनि हुनुहुन्न । बरु किन कोही झोले बन्छ भन्ने थाहा पाएर त्यो झोले बनाउने पृष्ठभुमि र कारणसँग चै फाइट गर्नु पर्छ ।

निर्वाचित हुँदा तिनै झोले भनिनेहरुले पनि मत दिएका हुन सक्छन् । अझ झोले भनिनेहरु त आमनेपालीहरु नै हुन्छन् । तिसँग फाइट नखेलौँ । योजना, अपनत्व र करुणा साटासाट गरौँ । विश्वास जितौँ ।’


Last Updated on: September 6th, 2022 at 9:05 pm

तपाईको प्रतिक्रिया