भ्रष्टाचार मुद्दामा मालिक जेल चलान, घरपालुवा कुकुरको बिचल्ली – Gandaki Chhadke
Friday, August 12

भ्रष्टाचार मुद्दामा मालिक जेल चलान, घरपालुवा कुकुरको बिचल्ली

July 31, 2022

एजेन्सी

भारतको पश्चिम बंगालका नेता तथा पूर्वमन्त्री पार्थ चटर्जी भ्रष्टाचार मुद्दामा जेल परेका छन् । उनी जेल पुगेपछि उनका एक बथान घरपालुवा कुकुरको बिचल्ली भएको छ ।

चटर्जीका निकट सहयोगी भनिने अर्पिता मुखर्जी पनि पक्राउ परेपछि कुकुरहरु अभिभावकविहीन बनेका हुन् ।टोलीगन्जस्थित प्रिमियम हाउजिङ कम्प्लेक्सको १८ औं तल्लामा उनले धेरै महँगा कुकुर पालेका थिए ।

यसअघि मुखर्जीले नै ती कुकुरलाई घुमाउन बाहिर लिएर जाने गर्थिन् ।झण्डै एक साताअघि प्रवर्तन निर्देशनालयले उनीहरुलाई पक्राउ गरेपछि कुकुरको हेरचाह गर्ने कोही भएनन् ।

अपार्टमेन्टमा नौ वटा पेडिग्री कुकुर रहेको अनुमान गरिएको छ । यता,भ्वाइस फर द भ्वाइसलेस नामक गैरसरकारी संस्थाले चटर्जी र मुखर्जीको गिरफ्तारीपछि कुकुरलाई पनि हिरासतमा लिन ईडीमा सम्पर्क गरेका थिए ।

तर,त्यसबारे हालसम्म कुनै निचोड निस्किएको छैन ।‘मुखर्जीले कुकुरलाई धेरै मायाँ गर्थिन्,सँधै घुमाउन लैजान्थिन्,’डायमण्ड सिटी टावर ३ मा बस्दै आएका एक जनाले बताए ।

Comment