बुधबार १९ आश्विन २०७९

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भर्खरै निर्माण भएको पुलको आधिकारिक उद्घाटन समारोहको समयमा एउटा सानो फुटब्रिज (पुल) भत्किएको छ ।त्यसपछि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल हुँदैछ । सन् २०१८ मा, जिम्बाब्वेका पूर्व अर्थमन्त्री प्याट्रिक चिनामासाले फोहोर फाल्ने डस्बिनको उद्घाटन गरेका थिए ।

गत हप्ता, रिबनले बेरिएको पानीको धाराको एक तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । एक अधिकारीले त्यसलाई लोकार्पण गर्दै थिए, जसलाई हेरेर धेरै मानिसहरूले मनोरन्जन लिए ।यस पटक, कङ्गोमा एक मन्त्रीले एउटा सानो फुटब्रिज उद्घाटन गर्ने निर्णय गरे, तर त्यसको अन्त्य राम्रोसँग भएन ।

पुलको औपचारिक उद्घाटनका लागि अधिकारीहरु भेला भएका थिए ।पुरानो अस्थायी पुल प्रायस् बाढीको समयमा डुब्ने भएका कारण वर्षायाममा खोला तर्न मानिसहरूलाई सहयोग पुगोस् भनेर फुटब्रिज बनाइएको थियो ।दुई मिटरभन्दा कम चौडाइ भएको पुलमा मानिसहरूको ठूलो समूह चढेको थियो ।

उद्घाटनका लागि पुलमा रातो रिबन पनि बाँधिएको थियो । एक अधिकारीले त्यसलाई कैंचीले काट्ने तयारी गरिरहेका थिए । जब उनले रिबन काटे पुल भाँचियो । भिडियो हेर्दा लाग्छ कि त्यो रिबनले पुल थामेको थियो ।फुटब्रिज, धेरै मान्छेहरूका कारण दबाबमा परेको थियो ।

त्यसपछि भार थेग्न नसकेर धेरै मान्छेहरू उभिएपछि भत्किएर दुई टुक्रा भएको हो ।कैंची समात्ने महिलाले जमिनमा हाम फाल्ने प्रयास गरिन्, तर उनको प्रयास व्यर्थ भयो किनकि नजिकै रहेको एक बलियो व्यक्तिले आफूलाई खस्नबाट बचाउनको लागि महिलालाई कुहिनो प्रहार गरेका थिए ।

जानकारी अनुसार सो पुल उनै मन्त्रीको रेखदेखमा भएको थियो । मन्त्रीले पुल निर्माणमा उपयुक्त सामग्री प्रयोग नगरेकाले यस्तो समस्या देखिएको धेरैको बुझाई रहेको छ । मन्त्रीको रेखदेखमा आयोजना निर्माणमा ठेकेदारले गरेको लापरबाहीका कारण पुल कमजोर भएको अधिकारीहरु बताउँछन् ।

उक्त क्षेत्रका लागि बलियो पुल निर्माणका लागि पाएको रकम मन्त्रीको खल्तीमा गएको आरोप पनि लागेको छ । जसका कारण उद्घाटनको क्रममा करिब १० जनालाई पनि थेग्न नसकेर पुल भत्किएको हो ।भिडियो


Last Updated on: September 6th, 2022 at 9:21 pm

तपाईको प्रतिक्रिया