बुधबार १९ आश्विन २०७९

काठमाडौँ – युटुवर प्रिदेव जोशिले आफुलाई ज्यान मार्ने धम्कि आएको खुलाशा गरेका छन् । मोटो भ्लग गरेर लाखौ फ्यान कमाएका जोशीले एक भिडियो जारि गर्दै आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका हुन् । आफ्नै शैलीको भिडियो युटुबमा अपलोड गर्दै आएका जोशीको झन्डै ५ लाख सब्सक्राइवर रहेका छन् ।

युटुवर जोशिका अनुसार आफु र आफ्नो एक साथीलाई टोलकी केटाहरुले धम्कि दिएको बताएका छन् । उदयपुरमा बसेर मोटो ब्लग गर्दै आएका जोशीले भनेका छन् यो ठाउमा हाम्लाई एकदमै अप्ठेरो भयो जसलाई म चिन्दिन उनीहरुले फोनबाट धमकाउने गर्छन ।

मलाइ कुटेर चै उनीहरु खुशी हुन्छन रे , उनीहरु केहि गर्दैन्न मैले गरेको पनि देखि सहदैनन ।’मैले दुख गरेर कमाएको पैसा माग्छन मैले चढेको बाईक माग्छन अनि जहाँ भेट्यो त्यहि हान्ने धम्कि दिन्छन ।जोशीका अनुसार उनले ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा समेत उजुरी दिएको बताएका छन् ।

यो पनि -चलचित्रको व्यापारबारे गलत रिपोर्टिङ गरेको भन्दै सुदर्शन थापाले एक पत्रकारलाई कानको जाली फुटाउने धम्की दिएका छन् । नौलोन्यूज डटकम नाम अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर निर्देशन सुदर्शन थापाले यस्तो धम्की दिएका हुन् ।

चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप थापाको छ ।थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै सो अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएपछि आपत्ती जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको बताइएको छ।

यता पत्रकार श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् ।सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर सुदर्शन थापाले आफूलाई फोन गरेर धम्क्याएको सुजनको आरोप छ । अहिले देशभर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर प्रदर्शन भइरहेको छ ।


Last Updated on: September 6th, 2022 at 10:25 pm

तपाईको प्रतिक्रिया