शुक्रबार १४ आश्विन २०७९

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध ब’लात्कार गरेको जाहेरी परेको छ। लामिछानेले एक १५ वर्षीया नाबालिकालाई जबर्जस्ति क’रणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज प्रहरी वृत्त गौशालामा जाहेरी परेको बताइएको छ ।

श्रोतका अनुसार ती नाबालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।केहि दिन अगाडिनै उजुरी दर्ता गर्न खोजिए पनि आज साझा मात्र उजुरी दर्ता भएको बुझिएको छ ।नेपाल बाहिर रहेका लामिछानेसन्दीपले ब’लात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।

उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान शुरु नगरिएको छ ।सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर ब’लात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

कप्तान रोहित शर्माको अर्धशतकमा भारतले टि२० एसिया कप २०२२ सुपर फोरमा श्रीलंकालाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादव २९ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तेस्रो विकेटका लागि सूर्य र रोहितले ५८ बलमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर महेश थिक्सनाले लोकेश राहुललाई ६ रनमा एलबीडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले तेस्रो ओभरको चौथो बलमा कोहलीलाई बोल्ड आउट गरे । कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए । कोहली चार बल खेलेपनि खाता खोल्न सकेनन् ।

रोहित चामिका करुणारत्नेको १३ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डिप प्वाइन्टमा पाथुम निसंकाबाट क्याच भएका थिए । दाशुन शनकाको बलमा सूर्य थिक्सनाबाट क्याच भएका थिए । त्यसपछि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।


Last Updated on: September 6th, 2022 at 11:56 pm

तपाईको प्रतिक्रिया