Ultimate magazine theme for WordPress.

जसको आधा शताब्दी खर्कमै बि’त्यो

381

काठमाडौं, माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बा’सिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ। खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ। घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बि’त्दै आएको छ। उनीहरूको आधा शताब्दी खर्कमै बि’तेको छ। सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा अहिले ७० वर्षकी भए । बीस वर्षको उमेरदेखि खर्कमा बस्दै आउनुभएकी लामाले अब त जिन्दगी पनि यसैमा बि’त्ने बताउँछन।

ठ्याक्कै आधा शताब्दी भयो अर्थात् ५० वर्ष । सदरमुकाम सिमकोटसमेत नदेखेकी लामालाई खर्कमै बस्न रमाइलो लाग्छ। जेठ महिनामा गाउँ छोडेर खर्कतिर लाग्ने खर्कालाहरू कात्तिक महिनापछि मात्र फिर्ता हुन्छन्। चुवाखोला क्षेत्रको राकार्बुसम्म खर्क सारिन्छ ।अहिले त वन क्षेत्र उहाँहरूका लागि सामान्यजस्तो ला’ग्न थालेको छ। चिसो बढेसँगै खर्कहरू पनि सा’र्न थालिएको छ। लामाले आफू मात्र खर्क नभई नाति–नातिनी, बुहारी पनि राखेको बे’लिविस्तार सुनाए। किनकि हिमाली क्षेत्रमा एक वर्षमुनिका शिशु भएका आमा पनि खर्कमै राख्ने गरिने खबर आजको गोरखापत्रमा छ।

वर्षाको पानीमा भने केही आपत् आउने र पानीमा भि’ज्दै चौँरी गाईलगायत पशु खोज्न जाँदाको पी’डा भने उनलाई ता’जै छ। दैनिक रूपमा काम गरिरहेको बानीले होला ख’र्कालुहरू ब’लिया पनि उस्तै देखिन्छन। अर्को खर्कमा बिहानै पशुलाई चराउन पठाउनु, खोले पकाउनु, मही पा’र्नु बिहान ९ देखि १० बजेसम्म दुहुने काम, दिउँसो वनमा पठाउनु, छुर्पी सु’काउनु, दाउरा जम्मा गर्नु त ख’र्कालाका लागि दैनिक दि’नचर्या नै हुन्।