
‘स्टारडम’को आडमा नाबालिगलाई ब’लात्कार गरेको अभियोग लागेका नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको बुझिएको छ
प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।
हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने निश्चित भएको छ ।नेपाल बाहिर रहेका लामिछानेसन्दीपले ब’लात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।
उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ ।सन्दीप क्यारेबियन लिग खेल्न जानुअघिल्लो रात ब’लात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर ब’लात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मार्फत हुन्छ । सन्दीपकी फ्यानको रुप जोडिएकी किशोरीलाई स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा चर्चित सेलिब्रेटी सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक हुन्छिन ।
स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी अरु सामाजिक सञ्जालमा पनि जोडिए पनि सन्दीप भने ती किशोरीसँग स्न्यापच्याटमा मात्रै कुरा गर्थे। किनकि स्न्यापच्याटमा आफैँ म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउन मिल्छ ।स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए।
भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै आए। कुनै क्याफेमा पुगेर कफी पिउँदै सन्दीपसँग फोटो लिने किशोरीको चाहना थियो। तर उनको चाहना जस्तो थिएन सन्दीपको योजना। सन्दीपले किशोरीलाई लिएर कार भक्तपुरतिर हुईकाए ।
कहाँ जान लागेको बारे किशोरीलाई केहि नबताएका सन्दीपको गाडीको ब्रेक नगरकोट मा पुगेर लाग्यो । कारमा बसेलगत्तै सन्दीपले किशोरीको मोबाइल समेत खोसेको बताइएको छ । किशोरीले फर्किन आग्रह गर्दा सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिएका थिए ।
करिब ८ बजे नगरकोट पुगेका सन्दीपले नगरकोटमा केही खानपानसँगै मद्यपान गरे । समयमै होस्टल फर्किने किशोरीको अनुरोध पछी सन्दीपको गाडी काठमाडौं तर्फ मोडियो । उनीहरु काठमाडौं आइपुग्दा रातिको ११ बजिसकेको थियो।
होस्टल बन्द भइसकेकाले किशोरीलाई पनि सन्दीपले होटल जान प्रस्ताव गरे । सन्दीपको प्रस्ताव स्वीकार गर्दै उनले भनिन्– दुईओटा कोठा बुक गर्न भनिन तर सन्दीपले अरु कोठा बुक भइसकेको बताउदै एउटा कोठा बुक गरे ।
मध्यराति भएकाले एउटै कोठा भए पनि जान उनी तयार भइन्। साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको होटल काठमाडौं इनमा उनीहरू गए। बुक गरेको कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरे। पीडित पक्षका अनुसार सन्दीपले कारमा छँदा होटलमा फोन गरेजस्तो गरेपनि होटलमा अरु पनि कोठा खाली थिए।
त्यसपछि मा’दक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती क’रणी गरेको आरोप किशोरीको छ। ती किशोरीका अनुसार सन्दीपले राति जबर्जस्ति करनी गरेपछि उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरेर सम्पर्क बिहिन भएका थिए ।
उक्त घटनाले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी उनले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई सबै घटनाक्रम सविस्तार सुनाएपछी साथीकै सुझाबमा प्रहरीमा जाहेरी दिएको बताइएको छ ।