शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध ब’लात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता भइसकेको छ ।

सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरीको साथी पनि हुन् ।किशोरीका अभिभावकले प्रहरीमा ब’लात्कारको उजूरी दिएका छन् ।

काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको सन्दिपले साँझ गौशालास्थित होटलमा लगेर बलात्कार गरेको उजूरीमा उल्लेख छ । होटलको कोठा नम्बर ३०५ मा लगी जर्बजस्ती क’रणी गरेको उजूरीमा उल्लेख छ ।बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती ब’लात्कार गरेको भनिएको छ ।

प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ ।

पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक ब’लात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ। पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले ब’लात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।

सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब’लात्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।


Last Updated on: September 7th, 2022 at 5:26 pm

तपाईको प्रतिक्रिया