Wednesday, August 10

दुनियाँको अनौठो नेपालमा : एक औँलाले मज्जाले हल्लाउन सकिने भिमकाय ढुंगो

August 1, 2022

काठमाडौं ।

विश्वमा अनेक रहस्य छन्, जस्लाई पत्याउन गाह्रो पर्छ । यस्तै नेपालमा रहेको एक रोचक कुरा पत्ता लागेको छ ।

दोलखाको मेलुङ गाँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमानको ढुङगो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्छन् । तर लड्दैनन् ।

औंलाले हल्लाउन सकिने भएपछि त्यसको नामै ‘हल्लिने ढुङगा’ रहेको छ । यसलाई बूढापाकाहरुले दैविक शक्ति मान्ने गरेका छन् । कतिले अहिलेका प्राकृतिक चमत्कार पनि मान्छन् ।

त्यसको पीढमा पनि बडेमानको अर्को ढुङगो छ । तल्लो माटोको भागमा गाडिएको छ भने माथिको ढुंगो त्यसमाथि अडिएको छ ।

तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आप्mनै घाटमा चलिरहन्छ ।

ढुंगाको नजिक कोइराला बोट, गैराटोल बस्ती छन् । गाउँको बुद्धचोकबाट पन्ध्र बीस मिनेटको पैदल पुगिन्छ । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठकाअनुसार अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङगा प्रचार प्रसारको कमीले छायाँमा परेको छ ।

Comment