Ultimate magazine theme for WordPress.

कक्षा ११ को परीक्षा स्थ’गित

602

विराटनगर । चौ’तर्फी वि’रोध ब’ढेपछि विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थ’गित गरेको छ । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क अ’सुल्न खो’जेको भन्दै अभिभावक र विद्यार्थीहरुले वि’रोध गरेपछि महानगरपालिकाले परीक्षा स्थ’गित गरेको हो ।कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थ’गित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जा’री गरेको छ ।कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई स’मन्वय गरिदिन आ’ग्रह गरेपछि महानगरले ए’करुपताका लागि समन्वय गरिदिएको बताउँदै उनले अब विद्यालय अ’नुकुल समयमा सञ्चालन गर्ने बताए । विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालयमा करिब ८ हजार विद्यार्थी अध्ययनरत छन् ।