Ultimate magazine theme for WordPress.

कोटेश्वरदेखि जडिबुटिसम्म तीन लेन थप्ने तयारी

454

काठमाडौं। काठमाडौँ उपत्यकाको बढी सवारी चा’प हुने कोटेश्वरदेखि जडिबुटिसम्म सडक वि’स्तारको तयारी अन्तिम चरणमा पुगेको छ। हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना ह’टाउने काम अघि बढेको छ। यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ। डिभिजन सडक कार्यालय काठमाडौँले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ। उनले भने, “सा’इट क्लि’यर हुनासाथ ठेक्का प्रक्रियामा जानेछौँ।”

देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार ह’टाउँदै काम अघि बढाइएको छ। यहाँ भने सडकका संरचना ह’टिसकेपछि ठे’क्का सम्झौता गरिनेछ। छ महिनामा सम्पन्न गर्ने गरी ठे’क्का सम्झौता गरिनेछ। उनले भने, “संरचना ह’टिसकेपछि त्यति समयमा निर्माण सकिनेछ।” कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थ’प्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ। बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भ’त्काइएको हो।

विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो। अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भईरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ।सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीेले जानकारी दिए। दशैँ पहिले सम्झौता भए दशैँ-तिहार पछि निर्माण शुरु गर्ने तयारी छ। सडक निर्माणको केही समयमा भ’त्काउन नपरोस भनी सडकमा बि’च्छयाउने संरचना पहिले नै राखिनेछ ।यसका लागि विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्र’दायक संस्थासँग समन्वय भइरहको छ।

उनले भने, “उहाँहरु सबै संरचना जमिनमुनि राखेर सडक बनाउन सहमत हुनुहुन्छ।” सडक निर्माणसँगै सो स्थानमा अ’पाङ्गतामैत्री सहितको पै’दलयात्रुमार्ग र हरीयाली क्षेत्र हुनेछ। त्यसपछि जडिबुटिबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडिबुटि हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चो’क नै पार गर्नुपर्दा केही समय रो’किएपनि चो’क पार नगर्ने सवारी भने रा’किने छैनन्। सो सडक आगामी दिनमा मनोहरा पुलसम्म वि’स्तार गर्ने यो’जना छ। सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक है’रान थिए।

तीनकुनेबाट लोकन्थलीसम्म नै जा’म हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ ला’ग्ने गरेको थियो। अहिलेको सडक विस्तार अ’ल्पकालीन स’माधान भएपनि दीर्घकालीन रुपमा यसको स’माधान ‘फ्ला’ई ओभर’ नै भएको सडक विभागले ब’ताउँदै आएको छ।यी संरचना बन्न अझै केही वर्ष ला’ग्नेछ। तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नि’योग(जा’इका) ले सो स्थानमा ‘फ्ला’ई ओ’भर’ वा ‘अ’ण्डर पा’स’ निर्माणका लागि अध्ययन गरिसकेको छ। रासस