Ultimate magazine theme for WordPress.

शुक्रबार यी वस्तु चढाएर कुबेरको पुजा गरेमा मिल्छ, यस्तो फल !

461

काठमाडौं । धन, सम्पति ,वैभव तथा सम्पन्नताको प्रतिक मानिने भगवान कुवेरको पुजा आरधाना गर्ने उत्तम दिन शुक्रबार हो । शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रि समयमा कुबेरको पूजा शुभारम्भ गर्न सकिन्छ ,भने कुवेरको पुजा आरधाना तथा व्रत बस्नाले जीवनमा सुख, शान्ति, धनसम्पति सबै पुर्ण हुने विश्वास गरिन्छ ।तामाको प्लेटबाट बनेको कुबेर यन्त्रको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर आफ्नो घर, अफिस पसल तथा आफ ुबस्ने ठाँउमा राख्न सकिन्छ । यसरी कुबेर यन्त्र राख्दा आफुले हरेक पटक बाहिर भित्र गर्दा देखिने गरी राख्नुपर्छ ।

हरेक बिहान पुजा आरधाना गर्दा कुबेर यन्त्रको जप १०८ चोटी गर्नुपर्छ । जप गदा यो मन्त्र्र ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ उच्चारण गर्नुपदर्छ । कुबेर यन्त्र राखेको घर तथा अफिसमा सकारात्मक उर्जा प्राप्त हुने भएकाले यसको पुजा आरधाना गर्दा सुगन्धित धुप, पहेलो बस्त्र हल्दी, जल, आँपको पात, उखु, कुबेर यन्त्र, , कलश, चन्दन, कुमकुम, , घ्यू, तेल,, सुपारी, दीप दही, , पुष्प अक्षता, पीपलको पात आदि सामग्री चाहिन्छ । यसरी पुजा आरधाना गरेको कुबेरको यन्त्रको आशिंक लिएर घरबाट बाहिर निस्किए वा कुनै काममा गए शुभलाभ मिल्ने धार्मिक विश्वास रहिआएको छ ।हिन्दूधर्ममा कुबेरको संरक्षकको रूपमा प्रयोग गरिएको छ