बुधबार १९ आश्विन २०७९

काठमाडौं । दरबारमार्गमा रहेको एक नाइट क्लबमा मध्यराति ग्याङ फाइट भएको छ ।दरबारमार्गमा रहेको प्लाटिनम नाइट क्लबमा ग्याङ फाइट भएको हो । क्लबमा ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्। झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधवार राती पौन १२ बजेतिर भएको ग्याङ फाइटमा घाईते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । झगडाका कारणबारे अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।तस्बिर क्लबको फेसबुक पेज बाट

यो पनि – बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रम थियो। कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले पार्टीका केन्द्रीय उपमहासचिव, संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न निम्त्याए।

ठाँटिदै बोल्न आएका शर्माले दर्शक दीर्घाबाट तालीले राम्रै स्वागत पाए। माइक अघि पुगेपछि कसैलाई कुनै सम्बोधन गर्नुअघि शर्माले भने, ‘नबजाऊ मलाई ताली, तालीदेखि डर लाग्छ। नगर मलाई गाली, गालीले मलाई दु:ख लाग्छ। सक्छौ भने आलोचना गर त्यसले मलाई रक्षा गर्छ।’

यसो भन्दै गर्दा शर्माले पटक-पटक मञ्चमा आसिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर हेरेका थिए। त्यसपछि मात्रै उनले औपचारिक सम्बोधन सुरू गरे। उनले सो कार्यक्रममा आफूले संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्ने बताए। प्रचण्डकै उपस्थितिमा शर्माले घुमाउरो पाराले उपमहासचिव पद अस्वीकार गरेको जनाउ मात्र दिएनन्, उनको सार्वजनिक रूपमै आलोचना गरे।

माओवादी केन्द्रमा सम्भवत: पहिलो पटक प्रचण्डकै कोर टिममा रहेको एउटा प्रभावशाली नेताले उनकै अघि सार्वजनिक रूपमै उनको आलोचना गरेको हो। शर्माले आलोचना मात्र गरेनन्, उनको बोली र शैलीमा एक खालको आक्रामकता पनि थियो।

शर्माले महाधिवेशनदेखि नै पार्टीको महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका थिए। आवश्यक परे निर्वाचनबाटै महासचिव छानौं भन्ने उनको धारणा थियो। महासचिवमा उनी र माओवादी केन्द्रभित्र अर्का प्रभावशाली नेता वर्षमान पुनको मुख्य दाबी थियो।

पदाधिकारी चयनको विषय प्रचण्डले पन्छाउँदै लगेपछि उनीमाथि महासचिवसहित पदाधिकारी चुन्नुपर्ने दबाब पार्टीभित्र बढ्दै गयो। प्रमुख नेताहरूसहित प्रचण्ड निवासमा भएको एउटा बैठकमा नेता पुनले पदाधिकारी चुन्नुपर्ने र महासचिवमा आफ्नो स्वाभाविक दाबी भएको जिकिर गरेका थिए।

पार्टी अध्यक्षले आफूलाई छाडेर शर्मालाई महासचिव बनाउन चाहेको भए त्यो गर्न पनि उनले सुझाएका थिए। तर पदाधिकारी चयनमा ढिलो गर्न नहुने धारणा उनले राखेका थिए। त्यही बैठकमा शर्माले पुन र आफूबाहेक अध्यक्षले अरू कसैलाई महासचिव बनाउन चाहेको भए आफूलाई त्यो मान्य नहुने भन्दै बरु आफू पाँचै भोट मात्र आए पनि चुवान लड्न तयार रहेको बताएका थिए।

पार्टी अध्यक्ष प्रचण्डले भने भदौ ४ गते देव गुरूङलाई महासचिव बनाए। प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहासचिव घोषणा गरेका थिए। पार्टीमा महासचिवको दाबी गरिरहेका शर्माले अध्यक्ष दाहालको उक्त निर्णयमा चित्त नबुझेको भन्दै फरक मत राखेका थिए।

७ जना उपमहासचिवमा उनी पाँचौं वरीयतामा छन्। निकट नेताहरूलाई शर्माले पार्टी उपमहासचिव पद आफूले नस्वीकारेको बताउने गरेका छन्। गुरूङ सिनियर नेता भए पनि माओवादी पार्टीभित्र उनको प्रभाव कमजोर छ। वैचारिक हिसाबले पनि गुरूङ धेरै एकांकी र जडसुत्रवादी छन् भन्दै दलभित्रै उनको आलोचना हुने गरेको छ।

उनलाई विरलै कार्यकर्ताले मात्र माओवादी पार्टीको भविष्यको नेताका रूपमा हेर्छन्। सम्भावना भएका प्रभावशाली नेताहरूलाई पन्छाउँदै पार्टीभित्र कमजोर गुरूङलाई महासचिव बनाएर प्रचण्डले शक्ति आफूमा मात्रै केन्द्रित गरेको भन्दै नेता-कार्यकर्ताले भित्र-भित्रै उनको आलोचना गर्ने गरेका छन्।

त्यसले अन्तत: पार्टीलाई कमजोर बनाउने उनीहरूको चिन्ता छ। तर पनि आजसम्म कसैले प्रचण्डको सार्वजनिक रूपमा आलोचना गरेका थिएनन्। बुधबारको कार्यक्रममा भने शर्माले प्रचण्डको कडा आलोचना गरे। उनले नेता र नेतृत्व सही बाटोमा नहिँडेमा आलोचना गर्नुपर्ने भन्दै आफू प्रचण्डको आलोचक र रक्षक दुबै रहेको बताए।

‘म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्वको रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो,’ उनले भने, ‘अहिले अध्यक्ष यही हुनुहन्छ, अध्यक्षको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी संरक्षक रक्षा गर्ने पनि मै हो।

यो आज तपाईंहरूको अगाडि म भन्न चाहन्छु। अध्यक्ष कमरेडले अहिले यहीँबाट जवाफ दिनुहोला।’शर्मा यत्तिमै रोकिएनन्। उनले पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अघि बढ्न नसक्ने बताए।


Last Updated on: September 8th, 2022 at 11:27 am

तपाईको प्रतिक्रिया