आइतबार १६ आश्विन २०७९

अष्ट्रेलिया । सिड्नीको दक्षिणपश्चिममा भएको डरलाग्दो दुर्घटनामा परी ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । सुरक्षा अधिकारीका अनुसार एन्टोनियो डेसिस्टो, टायरसे बेचार्ड, समर विलियम्स, लिली भान डे पुटे र ग्याबी म्याक्लेननले दुर्घटनामा परेर ज्यान गुमाएका हुन ।

१८ वर्षीय टायरेल एडवर्ड्सले चलाएको निसान नभारा कार मंगलबार बेलुका ८ बजे बक्सटनमा सडक छोडेर रूखसँग ठोक्किँदा यो भयानक दुर्घटना भएको थियो। पिक्टन हाई स्कूलका पूर्व विद्यार्थी एडवर्ड्सलाई सामान्य चोटपटक लागेको अवस्थामा उद्धार गरि लिभरपुल अस्पताल लगिएको थियो।

रगत र मादक पदार्थ परीक्षण गरिएको भएपछि रिपोर्ट सार्वजनिक गरिएको छैन । अहिलेसम्म चालकमाथि कुनै अभियोग नलगाइएको र बुधबारबाट सोधपुछ लगायतको प्रक्रिया थालिएको बताइएको छ ।कार्यवाहक निरीक्षक जेसन होगनले बुधबार पीडितका परिवारहरूसँग संवाद गरिएको जानकारि गराउँदै परिवार गहिरो दुःखमा डुबेको बताउनुभएको छ ।

न्यु साउथ वेल्स शिक्षा विभागका उपसचिव मुरात डिजदारले यो दुर्घटना अत्यन्तै पीडादायी र चिन्ताजनक भएको बताउनुभएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू पिक्टन हाई स्कूलमा ७ वर्षदेखि अध्ययन गरिरहेका विद्यार्थीहरु हुन । एक कार्यक्रममा सहभागि हुन जाँदै गर्दा गाडी दुर्घटनामा परेको बताइएको छ।

प्रहरीले दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको छ। एडवर्ड्ससँग सन २०२१ देखि अस्थायी सवारी चालक इजाजतपत्र मात्रै लिएको पाइएको छ । यो अवधिमा समेत उनीमाथी तीव्र गतिमा सवारी चलाएको भन्दै दुई पटक तीन÷तीन महिना अवधिको लागि निलम्बन गरिएको खुलेको छ ।

प्रहरीले तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आँकलनसहित स्थानीय अदालतमा चालक एडवर्ड्ससँग बयान समेत लिएको छ । खतरनाक ड्राइभिंगको पाँचवटा गल्तीकाका कारण पाँच जनाको ज्यान गएको अभियोग लगाइएका चालकमाथीको जमानत बुधबार अस्वीकार भएपनि थप अनुसन्धानपछि स्थानीय अदालतबाट मुद्धा किनारा लाग्ने बताइएको छ ।


Last Updated on: September 8th, 2022 at 12:00 pm

तपाईको प्रतिक्रिया