
गायक शिव परियारले ब’लात्कारकाे विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्। उनले आफैले लेखेको स्टाटसले उनलाई नै धक्क दिने निश्चित छ । उनले बतात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन् ।
उनले क्रिकेटर सन्दीप लामिछानेमाथि ब’लात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए। ब’लात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल ब’लात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।
उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्। उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे।
ब’लात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल ब’लात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्। उनले स्टाटस राखेपछि धेरैले विराेध गर्न सुरु गरेका छन्।
अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले शिवलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । ब’लात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमा पर्छन् ।