Ultimate magazine theme for WordPress.

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

353

खलङ्गा । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताए ।चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उनले भने, “फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ ।”फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ ।जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो । उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो ।