शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले ब’लात्कारको जाहेरी दिएकी छन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने हाल देश बाहिर छन् ।

उता नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् । ब’लात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को सम्पर्कमा आएका लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका हुन्। क्यारेबियन लिग खेल्न हाल सेन्ट लुइसमा रहेका लामिछानेले आफू निर्दोष रहेको र कानुनी उपचारमा सहजीकरण गर्न क्यानसँग अनुरोध गरेको क्यानका कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।

म्याच सकिएपछि नेपाल फर्किने भन्दै लामिछानेले कानुनी सहयोगका लागि क्यानसँग अनुरोध गरेका हुन्। एक १७ वर्षीया किशोरीले आफूमाथि लामिछानेले ब’लात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्।

सन्दीपले ती किशोरीलाई भदौ ५ गते काठमाडौंबाट नगरकोट पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर ब’लात्कार गरेको भन्दै जाहेरी दिएकी छन्। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।


Last Updated on: September 8th, 2022 at 2:33 pm

तपाईको प्रतिक्रिया