Ultimate magazine theme for WordPress.

आज महाअष्टमी : महागौरी, महाकालीको पूजा-अ’नुष्ठान गरिँदै

422

काठमाडौँ । आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दु’र्गाभवानीलाई श’क्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्था’पित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा-अर्चना गरिने भएकाले आजको दिन श’क्तिपीठ, दशैंघर अनि देवी मन्दिरहरूमा विशेष घुँ’ईचो रहन्छ । तर यसपालि भने काेराेना सं’कटका कारण मन्दिर र श’क्तिपीठहरू प्रायः ब’न्द रहेका छन् ।आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हा’तहतियार र क’लपूर्जाको पू’जाअर्चना समेत विधि-विधानअनुसार गरिन्छ ।श’क्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन पनि छ ।

यसरी ब’लि दिँदा बोका, कुखुरा, हाँस आदि च’ढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेले कु’भिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना-साना ल’ठ्ठी हा’लेर जनावरको स्वरुपमा ब’लि दिने गर्दछन् ।आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न श’क्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्री’मद्देवीभागवत र दे’वीस्तोत्र पाठ गरिन्छ ।आजैका दिन राति कालरात्रि प’शुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र स’ङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने वि’धान छ ।