शुक्रबार १४ आश्विन २०७९

ब’लात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ ।सन्दीपविरुद्ध उजुरी परेको सार्वजनिक भएको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको थियो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मा उनीहरु होटलबाट फकिएको फुटबजमा देखिएको बताइएको छ ।

सन्दीपलाई पक्राउ गर्न बिहीबार पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।काठमाडौं जिल्ला प्रहरी परिसरले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी जारी गरेको बताएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीय बालिकालाई ब’लात्कारको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढएको थियो ।

प्रहरीका अनुसार सन्दीपले १७ वर्षीय नाबालिकालाई भदौ पाँच गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका र सन्दीपले भदौ पाँचमा काठमाडौं लाई राती ११ : ५५ मा काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ :२५ मा बालिकालाई पटक पटक जबरजस्ती क’रणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।प्रहरीले उक्त जाहेरी दरखास्त गरि पिडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्र मा बिस्तृत स्वाथ्य परिक्षण गराएको थियो । अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।

नेपाली क्रिकेट टोली भदौ ६ मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप लामिछाने सहित ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो । कप्तान सन्दीप लामिछाने टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए ।

सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्जि गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् ।


Last Updated on: September 8th, 2022 at 8:16 pm

तपाईको प्रतिक्रिया