बुधबार १९ आश्विन २०७९

काठमाडौं । पछिल्लो समय कन्चन अमात्यका बारेमा नसन्ने नेपाली सायदै होलान् । लामो समय देखि घरदेश भन्दा टाढा बसेर परदेशमा नेपालको एक फरक परिचय दिन सफल नाम हो कन्चन अमात्या ।सानै उमेरमा भए पनि ठुलो सफलता पाएकी अमात्यालाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार दिइएको छ ।

वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार यस वर्ष अमात्यालाई प्रदान गरिएको हो । साथै, डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने कन्चन पहिलो नेपाली भएकी छिन । उनले सामाजिक कार्य तथा मानविय कार्यमा उल्लेख्य योगदान गरे वापत उक्त पुरस्कार तथा सम्मान पाएकी हुन् ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कारको स्थापन गरिएको थियो । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहँदै आएको छ ।

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको हो । यस बर्ष उक्त डायना अवार्ड (पुरस्कार) ले २० औ बार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । डायना अवार्ड २०१९ मा कन्चनको प्रवेश सँगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिवी बिरुद्ध कार्यकर्ता,मानव अधिकारबादी पक्षपोषक ,र सामाजिक उद्यमी ‘हु भनेर ब्याख्या गरेकी छिन ।

आफुले पाएको सम्मान पछि नयाँ पुस्ताका नेपाली युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध रहेको भन्दै विश्वमा कसैले पनि शिक्षा र भोक बाट एकै दिन पनि बन्चित हुन् नपरोस भन्ने सन्देश पनि व्यक्त गरेकी छिन् । नेपाल ललितपुर जावलाखेल घर भै हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन् ।

उनको व्यवसायीक कुरा गर्ने हो भने अमात्य विश्वकै सर्वाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको थियो । अमात्य महिलाको आर्थिक सशक्तिकरण सम्बन्धि युएन महिला बिश्व च्यामपियन(विजेता)मा सेवारत छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावरमेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरि उनले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् । अर्को तर्फ उनकी दिदी जोली अमात्या पनि लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।


Last Updated on: September 8th, 2022 at 8:21 pm

तपाईको प्रतिक्रिया